काठमाडौं उपत्यका लगायत देशैभर चिसो बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौं उपत्यका लगायत देशैभर चिसो बढ्यो

काठमाडौं, ८ कात्तिक । केहीदिनदेखि उपत्यका लगाएत देशका विभिन्न भागमा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा बनेको क्यार नामक चक्रवातको कारण नेपालमा जाडो मौसम लाग्नु अगाडी नै चिसो बढेको भनाइ छ ।

मौसम परिवर्तनसँगै अहिले काठमाडौं उपत्यका लगायत देशैभर चिसो बढेको महशुस गरिएको छ। अरब सागरमा बनेको क्यार नामक चक्रबातको आंशिक प्रभाब नेपालमा पनि परेको छ । जसको कारण प्रदेश न. १ ,२, र ३, मा सामान्यदेखि पूर्ण बदलि रहेको छ ।

चक्रवातको प्रभाबले नेपालमा हल्का वर्षाको मात्र सम्भावना रहेको छ । चक्रवातका कारण धुम्म भई घाम लाग्न नसकेको र केही स्थानमा हल्का बर्षा हुने सम्भावना समेत रहेको छ । घाम नलाग्दा अहिले देशैभर सर्वसाधारणले जाडो महसुश गरिरहेका छन् ।

मानिसहरु चिसो बढेका कारण बाक्ला लुगाफाटा लगाएर हिंड्न थालेका छन् । तिहार सकिए लगत्तै बढनुपर्ने जाडो यो बर्ष चक्रवातका कारण चिसो बढेकाले जाडोको लुगाफाटा पनि धमाधम बिक्री भएको व्यापारीहरुको भनाइ छ ।

बाँकी भूभागहरुमा मौसम सामन्यतया सफा रहेको छ । त्यस्तै देशका मध्य तथा पूर्वी भुभागमा आंसिक देखि सामान्य बदली रहने तथा पश्चिमी भुभागमा आंशिक बदली रहनेछ भने पूर्वी भेगका थोरै स्थानहरूमा साथै मध्य पहाडी भुभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च हिमाली भुभागमा हल्का हिमपातको संभावना रहने महाशाखाको अनुमान रहेको छ ।

जल तथा मौसम विज्ञान महाशाखाका अनुसार जाडो मौसम सुरु हुनु अगाडी नै यही अरवको चक्रवातका कारण केही बढि चिसो महसुस भएको हो । शनिवारको मौसम सामान्य बदली भइ आइतबार पुर्ण रुपमा मौसम सफा हुने मौसमविदहरुको अनुमान छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);