काठमाडौं लगाएत देशैभर चिसो बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौं लगाएत देशैभर चिसो बढ्यो

jado chiso

प्रतिक्षा शर्मा
काठमाडौं, २० मंसिर । काठमाडौं लगाएत देशैभर चिसो बढेको छ । पश्चिमी वायु हिमालमा ठोक्किएर आएका कारण चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोमा रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएका कारण मर्निङवाक गर्नेलाई सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

अब काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा तल नै रहने मौसमविदहरुको भनाइ छ । मौसमविद्का अनुसार काठमाडौंमा शुक्रबारको न्युनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको छ ।

मौसमविदका अनुसार काठमाडौंको न्यूनतम तापक्रम दिनप्रतिदिन घट्दै जाने छ । जेड स्ट्रिमका कारण काठमाडौमा चिसो हावा आउने भएकाले दिउँसै चिसो महसुस गरिएको मौसमविद्को भनाइ छ ।

चिसो बढेसँगै उपत्यका अस्पतालहरुमा पनि विरामी बढेका छन् । चिसोका कारण हुने रुघाखोकी, दम, स्वासप्रस्वास, मुटुरोग, बाथ लगाएतका बिरामीको संख्या बढेको चिकित्सकको भनाइ छ ।

अहिले बिस्तारै जाडो बढ्ने क्रममा छ । मौसम परिर्वतनले स्वास्थ्यमा नकारात्मक असर पु-याइरहेको हुन्छ । मौसम परिवर्तनसँगै शारीरिक अवस्थामा पनि धेरै परिवर्तन भैरहेको हुन्छ । विशेषगरी यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी जस्ता सरुवा रोग लाग्ने सम्भावना उच्च रहन्छ ।

मौसम परिवर्तनको समयमा एक्कासी चिसो बढ्नुका साथै अत्यधिक प्रदूषण हुने भएकाले स्वास्थ्यमा असर पर्ने चिकित्सहरु बताउँछन । मौसम परिवर्तन भैरहेको समयमा जथाभाबी खाने र खानपानमा ध्यान नदिँदा बिरामी पर्नुका साथै अन्य इन्फेक्सन हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

मौसम परिवर्तनको समयमा हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुन सक्छ । त्यसैले जाडोमा धेरै सचेत रहनुपर्ने चिकित्सकको सुझाव छ ।

चिसो हावासँगै अत्याधिक चिसो बढेकाले मर्निङवाक जाने मानिसहरुलाई ध्यान दिनु पर्ने चिकितसकहरुको सुझाव छ । विहानै सबेरै जानु भन्दा घाम लागेपछि शारीरिक अभ्यास गर्नु राम्रो हुने चिकित्सकहरु बताउँछन् ।

वायु प्रदूषणको मात्र पनि बढेको र चिसोको मात्रा पनि बढेको अवस्थामा बिहानै हिंड्दा स्वास्थ्य हानी पु-याउँछ । चिसो बढ्यो भन्दैमा झ्याल ढोका बन्दा गरेर आगो बालेर धुवाँमा नबस्न पनि चिकित्सकको सुझाव छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);