दाङमा तोरी जोन कार्यक्रम लागू | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दाङमा तोरी जोन कार्यक्रम लागू

tori zone1

दाङ, २१ मंसिर । दाङका विभिन्न स्थानहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । दाङको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन इकाई लागू भएका हुन् । यस्ता कृषिजन्य परियोजना लागू भएपछि कृषकहरु खुशी भएका छन् । तर उनीहरुलाई कृषिका लागि अत्यावश्यक सिंचाई, मल लगाएतका कुरामा भने समस्या रहदै आएको छ ।

आर्थिक बर्ष २०७५-०७६ देखि पश्चिम दाङका ३ गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १ र २ मा तोरी जोन कार्यक्रम लागु भएको छ । तोरी उत्पादनमा बृद्धि गर्नको लागि जोन कार्यक्रम लागु गरिएको भएता पनि पर्याप्त सिंचाई र मल अभावले गर्दा उत्पादनमा सोचेजस्तो बृद्धि हुन सकेको छैन । परम्परागत तोरी खेतीले भन्दा तोरी जोन कार्यक्रम मार्फत् उन्नत जातको तोरी लगाउँदा फाइदा भएको तर आवश्यक समयमा पानी लगाउन नपाउँदा समस्या भएको किसानहरुको गुनासो छ ।

त्यस्तै तोरीमा लाग्ने विभिन्न रोगहरुका कारण पनि कृषकहरुलाई समस्या भएको छ । रोगलाई नियन्त्रण गर्ने विषयमा जानकारी नहुँदा कृषकहरु मर्कामा परेका छन् ।

दाङलाई तोरीको तेलका लागि आत्मनिर्भर बनाउन तोरी सुपर जोन कार्यक्रम पश्चिम दाङमा संचालन गरिए पनि सबै किसानहरु भने समेटिएका छैनन् । सबै किसानहरुलाई समेट्न नसक्दा तोरी उत्पादनमा कमी हुने तोरी जोन दाङको संचालक समितिका सचिव थम्मन कँडेलले बताउनुभयो ।

tori zone
पश्चिम दाङका ३ गाउँपालिका र तुलसीपुरका १ र २ वडामा गरी २७ समुह र सहकारी मार्फत तोरी जोन कार्यक्रममा सहभागी भएको तोरी जोन ईकाई तुलसीपुरका धनराज गौतमले बताउनुभयो ।

अहिले सम्म उक्त क्षेत्रमा करिब साढे ३ सय हेक्टरमा उन्नत जातको तोरी खेती गरिएको छ । अहिले नेपालमा २८ अर्बको तेल बाहिरबाट भित्रिने भएकाले त्यसलाई रोक्नको लागि थोरै जमिनमा धेरै तोरी उत्पादन गर्नको लागि यो योजना लागू गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);