आज १६ औं धान दिवस, पानी नपर्दा र सिँचाइ मलको अभावमा कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आज १६ औं धान दिवस, पानी नपर्दा र सिँचाइ मलको अभावमा कृषक चिन्तित

krishi

प्रमिला भण्डारी

काठमाडौं, १५ असार । आज असार १५ गते देशभर धान दिवस मनाइँदै छ । यस वर्ष कृषि विभागले धान दिवस तथा रोपाईँ महोत्सव फरक ढङ्गले मनाउने भएको छ । विगत वर्षमा काठमाण्डौ केद्रित कार्यक्रम हुने गरेकोमा यस वर्ष धान दिवस बर्दियामा हुने भएको छ । यस वर्षको धान दिवसको नारा धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्युनीकरण तय गरिएको छ । गत वर्ष मध्य असारसम्ममा १५ प्रतिशत रोपाईँ भएकोमा यसपाली ११ दशमलव ६ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।

कृषि प्रधान देश नेपालमा हरेक वर्ष धान रोप्ने समयमा किसानलाई सिंचाई तथा मलको अभाव हुने गरेको छ । प्रमुख खाद्यान्न बाली धान रोप्नको लागी पनि किसान मनसुनी वर्षाको भरमा रोपाईँ गर्न बाध्य छन् । धेरैजसो ठाउँमा मनसुनी वर्षाको भरमा नै रोपाई गर्नु पर्ने भएकोले केहि ढिलो चाँडो भएको सम्बन्धित निकायको भनाई छ । गत वर्ष भन्दा यस वर्ष पानी ढिलो परेकोले र मल पनि नपाईएकोले रोपाईमा समस्या भएको किसानको गुनासो छ । त्यस्तै अर्का किसान दिपेन्द्र मग्रातीको गुनासो पनि उस्तै छ । धान रोप्ने समयमा मल र पानी नहुँदा समयमा रोपाई गर्न नपाएको उहाँको भनाई छ ।

यस वर्ष मनसून ढिलो भएकोले रोपाईँ पनि गत वर्षको तुलनामा केहि ढिलो भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको भनाई छ । केन्द्रका अनुसार हरेक वर्ष हुने सिंचाई तथा मलखादको समस्या समाधान गरि उन्नत विउको प्रयोग गर्न सके उत्पादन बढाउन सकिन्छ । उत्पादन बढाउनको लागि प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्तर्गत विभिन्न क्षेत्रमा जोन तथा सुपरजोन कार्यक्रम समेत लागु गरिएको छ । यस्ता क्षेमा भने अन्यत्रको भन्दा उत्पादन पनि बढि हुने गरेको छ । लक्ष्य अनुसार धान उत्पादन भए पनि बाहिरबाट आयातीत चामल सस्तो भएकोले उत्पादन लागत घटाउनको लागि यान्त्रीकरणमा जोड दिनु पर्ने केन्द्रकि प्रमुख सबनम सिवाकोटीले बताउनु भयो ।

धानको उत्पादन बढाउनको लागि कृषि अनुसन्धान परिषद नार्कले १ सय २३ वटा वीउ सिफारिस गरेको छ । उक्त वीउ हिमाल, पहाड र तराईमा ठाउँ अनुसारको उपयुक्त वीउ प्रयोग गर्ने गरिएको छ । गत वर्ष ९ प्रतिशतले उत्पादनमा बृद्धि भई लक्ष्य भन्दा बढि धान उत्पान भएको थियो । यसैबिच कृषि विभागले सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव फरक ढङ्गले मनाउने तयारी गरेको छ । विगत वर्षमा काठमाण्डौ केद्रित कार्यक्रम हुने गरेकोमा यस वर्ष धान दिवस बर्दियामा गर्ने कार्यक्रम छ । यस वर्षको धान दिवसको नारा धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्युनीकरण तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);