असार १५ गते भव्य रुपमा धान दिवस मनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

असार १५ गते भव्य रुपमा धान दिवस मनाउने सरकारको तयारी

काठमाडौं, १३ असार । सरकारले यस वर्ष पनि धान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको छ । ‘धान उत्पादनमा वृद्धि गर्न’ आह्वान गर्दै सदा झैं यस वर्ष पनि सरकारले असार १५ गते १५ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव भव्य रुपमा मनाउने तयारी गरेको हो ।

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिइएको हो । मुलुकको समृद्धिमा समेत योगदान दिने गरी धान उत्पादन वृद्धि गर्न आह्वान गर्दै धान दिवस तथा रोपाईँ महोत्सव सदा झैं यस वर्ष पनि भव्यताका साथ मनाउन लागिएको कृषि विभागका महानिर्देशक एवम् १५ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मूल समारोह समितिका अध्यक्ष सुर्यप्रसाद पौडेलले जानकारी दिए ।

दिवसको अवसरमा धानको उत्पादन वृद्धिका लागि आवश्यक प्रविधिहरुको बारेमा विस्तुत जानकारी दिने दावी पनि गरिएको छ । यसै अवसरमा सरकारले यही १५ गते धान दिवसका दिन काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित वडा नम्बर ३ मा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

कृषि प्रधान देश नेपालमा हाल पनि वार्षिक २५ अरव भन्दा बढि रुपैयाँको धान आयात हुने गरेको छ । धानमा मुलुकलाई आत्मनिर्भर बनाउन पनि दिवसले सघाउ पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);