कालिमाटीका सय व्यापारीलाई कारबाही गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

कालिमाटीका सय व्यापारीलाई कारबाही गर्ने तयारी

कविता कार्की

काठमाडौं, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले झण्डै सय जना व्यापारीलाई कारबाही गर्ने भएको छ । कृषि मन्त्रीको स्थलगत अनुगमनपछि समितिले यस्तो निर्णय गरेको हो । तर ठूला व्यापारीलाई भने समितिले उन्मुक्ति दिन लागेको भन्दै साना खुद्रा व्यापारी आक्रोशित भएका छन् ।

गत महिना कृषि मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारमा स्थलगत अनुगमन गरेपछि समितिले ९९ जना व्यापारीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

व्यापारीले मनोमानी ढंगले तरकारी तथा फलफूल जस्ता विविध सामाग्रीहरुमा विक्री वितरण गरेको र भाडामा मान्छे राखिएको भन्दै समितिले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

तर, बजार समिति र पहुँच भएका व्यापारीको मिलेमतोमै यो प्रक्रिया अघि बढेको बताउँदै साना व्यापारीले भने विरोध जनाएका छन् ।

राष्ट्रिय उद्योग व्यापार महासंघ उपाध्याक्ष श्याम कान्तले कारबाहीको प्रक्रियामा रहेका ९९ मध्ये ३४ जनाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दिइसकेका र बाँकीले पनि दिने प्रक्रियामा रहेको बताए । यदि जिल्ला अदालतबाट न्याय नपाएको खण्डमा उच्च अदालत जाने र त्यसमा पनि नभए संघर्षका कार्यक्रम घोषणा गर्ने उनको चेतावनी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);