मनसुन ढिलो हुँदा र मल नपाउँदा ११ प्रतिशतमात्रै रोपाई | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

मनसुन ढिलो हुँदा र मल नपाउँदा ११ प्रतिशतमात्रै रोपाई

ropai

काठमाडौं, १५ असार । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ ।

सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यस वर्ष दिवसको मुख्य कार्यक्रम बर्दियाको राजापुर नगरपालिकामा आयोजना गरिएको छ । कार्यक्रममा कृषिमन्त्री चक्रपाणी खनाल लगायत सांसद र सरकारी टोली कार्यक्रममा सहभागी भएका छन् । नेपाल कृषि अनुसन्धान परिषदबाट धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भौगोलिक परिवेशअनुसार विभिन्न जात एवं उन्नत प्रविधिहरु सिफारिस भएता पनि उक्त प्रविधिहरु कृषकमाझ अपेक्षाकृत रुपमा पुग्न सकेको छैन । यस बर्षको मध्य असार सम्म पनि समयमै बर्षा नहुँदा र मल नपाउँदा ११ प्रतिशतमात्रै रोपाई भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);