कैलालीका पानी र मलको अभाव, किसानहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कैलालीका पानी र मलको अभाव, किसानहरु चिन्तित

ropai kailali

पाण्डव पुजारा
कैलाली, १७ असार
। ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको सम्मृद्धि’ भन्ने मुल नाराका साथ नेपालमा १५ औँ राष्ट्रिय धान दिवस २०७५ मनाइयो । तर, कैलालीका किसानहरुले भने पानी र मलका अभावमा रोपाई गर्न सकेका छैनन् ।

प्रदेश नम्बर ७ अन्तगर्तको कैलालीमा पानी र मलको अभाव हुँदा धान रोपाईमा ढिला भएको छ । विगतमा असार १५ गते सम्म रोपाई सम्पन्न हुने यस जिल्लामा यस बर्ष भने आधा पनि रोपाई नभएको किसानहरुको भनाइ छ ।

कैलालीका प्रतापपुर, हसुलिया, फूलबारी, जुगेडा, बौनियामा लगायतका क्षेत्रका किसानहरु चिन्तामा परेका छन् । रोपाईको बेला पानीको अभाव र मलखादको अभाव विकल्पमा रहेको टुबेल र नल्काकाको पानी पनि सुकेको किसानहरुले बताएका छन् । डिजेलको भाउ बढ्नाले पनि धान रोपाईमा समस्या भएको किसानहरुको गुनासो छ ।

भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख यज्ञराज जोशीले सिचाईको सुविधाको कमि, मनसुनमा ढिलाई, गर्मिका कारण टुबेल र नल्कामा पनि पानीको मात्रा घटेको कारण धानको रोपाई न्यून भएको बताए ।

प्रदेश नम्बर ७ मा १ लाख ८० हजार २ सय ९१ क्षेत्रफल जमिनमा ६० लाख ५ हजार ३ सय ९३ मेट्रीक टन धान उत्पादन हुन्छ भने कैलालीमा मात्रै ७१ हजार ५ सय क्षेत्रफलमा २ लाख ६८ हजार मेट्रीक टन धान उत्पादन हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);