समयमै पानी परेपछि बागलुङमा २० प्रतिशत रोपाई सम्पन्न (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

समयमै पानी परेपछि बागलुङमा २० प्रतिशत रोपाई सम्पन्न (फोटो फिचर)

सुवास आचार्य ,
बागलुङ । यस वर्ष छिट्टै मनसुन सुरू भएसंगै बागलुङका किसानहरुले चाँडै रोपाई गर्न पाएका छन् ।

समयमै मनसुन सक्रिय भएको कारण बागलुङमा धान खेती हुने ६ हजार एक सय २२ हेक्टर क्षेत्रफलमध्ये करिब १ हजार ३ सय हेक्टर खेतमा रोपाई सकिएको छ । अघिल्ला वर्षहरुमा असार १५ बाट धान रोपाई बल्ल सुरु हुने गथ्र्यो ।

तर यस वर्ष पर्याप्त वर्षा भएको कारण जेठको पहिलो साताबाटै रोपाई सुरु भएको थियो । बागलुङका अधिकांश मानिस कृषि पेशामा आवद्ध छन् ।

आज १८ औँ राष्ट्रिय धान दिवस मनाउँदै गर्दा बागलुङमा २० प्रतिशत धान रोपाइ भइसकेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

असार महिनालाई मानो रोपेर मुरी उमार्ने सयमका रुपमा लिइन्छ । वर्षभरका लागि छाक जुटाउन किसानहरुलाई यो महिनामा रोपाई गर्दै भ्याई नभ्याई हुन्छ । पछिल्लो समय युवा जनशक्ति बिदेशीने तथा शहर पस्ने भएकाले रोपाईको समयमा जनशक्ति अभाव हुने गर्दथ्यो ।

तर यस वर्ष भने कोरोना भाइरसलाई लक्षित गरि सरकारले निषेधाज्ञा जारी गरेपछि शहर पसेका युवाहरु पनि गाउँ गाउँमा पुगेको कारण धान रोपाइमा केही सहज भएको किसानहरुको अनुभव छ ।

बागलुङम कुल ६ हजार एक सय २२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा त्यसमध्ये दुई हजार ६ सय ३५ हेक्टरमा उन्नत र तीन हजार चार सय ८७ हेक्टरमा स्थानीय जातको धानखेती हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);