पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु

पर्सा । मंगलवार बिहान परेको चट्याङ्का कारण पर्सामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ पथरैयामा भैँसी चराउन गएको बेलामा परेको चट्याङ् लागेर सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ देवरबाना निवासी ५५ वर्षीय रघुबिर यादवको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

त्यसैगरी वर्षासँगै परेको चट्याङ् लाग्दा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानी बस्ने २७ वर्षीय रोसलान गद्धीको मृत्यु भएको छ । मंगलवार बिहानै परेको चट्याङ्का कारण जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर बस्ने ५० वर्षीय असतुरनी देवी थरुनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी निरीक्षक राजुबाबु यादवले जानकारी दिए ।

चट्याङ् लागेर पटेर्वासगौली गाउँपालिका वडा नम्बर १ का राजबली गद्ध घाइते भएका छन् । घाइते गद्धीलाई उपचारका लागि नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताए ।

Leave a Reply