धादिङमा चट्याङबाट दुईको मृत्यु, सात घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

धादिङमा चट्याङबाट दुईको मृत्यु, सात घाइते

Chatyang

काठमाडौं, ९ वैशाख । दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् ।

चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् ।  अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्था र गम्भीर घाइते दुई जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);