पाल्पामा चट्याङ लागेर एकको मृत्यु, २ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पाल्पामा चट्याङ लागेर एकको मृत्यु, २ जना घाइते

storm n lightning

पाल्पा । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका १ कचलका कर्ण बहादुर उचाईको घरमा गएराति परेको चट्याङ्बाट स्थानीय १६ वर्षीय प्रेम बहादुर बगालेको मृत्यु भएको हो ।

चट्याङपछि घाइते भएका बगालेलाई उपचारका लागि तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङबाट १५ वर्षीया ईन्दिरा उचाई र रैनादेबी छहरा ४ घर भई तिनाउँ १ बस्ने १९ वर्षीय रामु गाहा घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);