चट्याङ पर्दा घाईते भएका एक जनाको मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चट्याङ पर्दा घाईते भएका एक जनाको मृत्यु (अपडेट)

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ स्थित डुम्रेकुनामा आइतबार चट्याङ पर्दा घाईते भएका एक जनाको मृत्यु भएको छ। पानी परेपछिनजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छापबस्ने २५ वर्षिय विराज वाईवाको हेटौंडा अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी चट्याङ लागेर गढी–२ छापबस्ने ४६ वर्षिय बिर बहादुर वाईवा र सोही स्थानबस्ने ५६ बर्षीय बिरवल वाईवा घाईते भएका छन।

घाईतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थपउपचारको लागि हेटौंडा ल्याएर उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। आइतबार बिहान देखी हावाहुरी सहित पानी परिरहेको अवस्थामा चट्याङ परेको थियो।

यो पनि पढ्नुहोस

चट्याङ पर्दा ३ जना घाईते

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);