बागलुङमा १ हजार ३ सय हेक्टर खेतमा रोपाई सकियो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बागलुङमा १ हजार ३ सय हेक्टर खेतमा रोपाई सकियो (भिडियाेसहित)

बागलुङ । राष्ट्रिय धानदिवस मनाउँदै गर्दा गण्डकी प्रदेशको बागलुङमा २० प्रतिशत रोपाइँ सकिएको छ । यस बर्ष छिट्टै मनसुन शुरू भएपछि किसानलाइ धान रोप्न भ्याइनभ्याई छ । समयमै मनसुन सक्रिय भएकोले बाग्लुङमा धान खेती हुने ६ हजार एक सय २२ हेक्टर क्षेत्रफलमध्ये करिव १ हजार ३ सय हेक्टर खेतमा रोपाई सकिएको छ ।

अघिल्ला वर्षहरुमा असार १५ अर्थात राष्ट्रिय धानदिवसको दिनबाट रोपाई सुरु हुने गरिएपनि यस वर्ष पर्याप्त वर्षा भएको कारण जेठको पहिलो साताबाटै सुरु भयो । पहाडी जिल्ला भएकाले बाग्लुङकाअधिकांश मानिस कृषि पेशामा आवद्ध छन् । १८ औँ राष्ट्रिय धानदिवस मनाउँदै गर्दा बागलुङ जिल्लामा २० प्रतिशत धान रोपाइ भइसकेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);