काठमाडौँ उपत्यकासहित देशभर अझै चिसो बढ्ने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ उपत्यकासहित देशभर अझै चिसो बढ्ने सम्भावना

काठमाडाैं, २२ पुस । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ ।

उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद्ले जनाएका छन् । मौसमविद्का अनुसार अझै न्यूनतम तापक्रम अझै घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ ।

आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो ।

अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने मौसमविदको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);