देशैभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देशैभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री

chiso badhyo

अप्सरा गौतम
काठमाडौं, २१ मंसिर
। केहि हप्ता देखी काठमाडौ उपत्यका लागयत देशका विभिन्न ठाउहरुमा चिसो बढेको छ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेकोले चिसो अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यतिबेला काठमाडौ उपत्यका लगायतका विभिन्न ठाउँहरुमा ह्वात्तै चिसो बढेको छ । जसले गर्दा मानिसहरुको दैनिकिमा असर पर्न थालेको छ । काठमाडौँ उपत्यकामा बिहिबार बिहानको ६ बजेको न्यूनतम तापक्रम ५.८ डिग्री मापन भएकोमा शुक्रबार यो अझै घटेर ५.५ डिग्री मापन गरीएको छ ।

यतिबेला जोमसोम र जुम्लाको तापक्रम माईनस सम्म पुगेको छ । केहि दिन यता पश्चिमी बायूकाको प्रभावले रातमा आकास खुला हुने हुदा बढी चिसो बढेको मौसमविदको भनाई छ ।

गएको वर्ष जाडोको बेला केही दिन काठमाडौँ उपत्यकाको तापक्रम न्युनतम शून्य डिग्री रहेकाले यो वर्ष पनि यस्तै अवस्था आउन सक्ने मौसमविदले बताएका छन् । पश्चिमी वायूका प्रभावले उईनहरु चलीरहेको र यसले हिउँदे वर्षका रुपमा पानी परीरहने प्रणली ल्याउने हुदा सोमबार देखी दुई तिन दिन सम्म पश्चिमी तथा पहाडी क्षेत्रहरुमा मौसम बदली भई फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविद्को भनाई छ ।

काठमाडौँ उपत्यकाको तापक्रम न्युनतममा माइनस तीन डिग्रीसम्म पुगेको इतिहास पनि रहेको छ । र चिसो महिना सुरुमै नै यति धेरै चिसो बढेका कारण अझै चिसो बढ्न सक्ने हुदा सर्तकता अपनाउनुपर्नै देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);