कांग्रेसपछि एमालेमा पनि नेतृत्व परिवर्तनको बहस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसपछि एमालेमा पनि नेतृत्व परिवर्तनको बहस

काठमाडाैं, २२ पुस । तीन तहको निर्वाचनमार्फत पहिलो शक्तिका रुपमा स्थापित नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ नमिठो हार व्यहोरेको कांग्रेसभित्र चुलिँदै गरेको बहस एमालेमा पनि देखिएको हो ।

निर्वाचनअघिसम्म पहिलो शक्तिका रुपमा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस अहिले दोस्रो शक्तिका रुपमा खुम्चिएको छ । उसको हैसियतमा आएको गिरावटले धेरै थरी परिणाम देखिन थालेका छन् । कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको छ । केही दिन अघि कांग्रेसका सात प्रभावशाली युवा नेताले महासमिति बैठक डाक्न दिएको दवाव पनि त्यसैको एउटा उदहरण हो ।

नेपाली कांग्रेस पछि नेतृत्व परिवर्तन वा हस्तान्तरणको बहस एमाले पनि देखिएको छ । खासगरी युवा नेताहरुले यो बहस चर्काउन थालेका छन् । युवा नेताहरुको समर्थनमा एमाले सचिव योगेश भट्टराईले पछिल्लो समय दिएका अभिव्यक्तिले नेतृत्व परिवर्तनको बहसबारे स्पष्ट संकेत झल्काउँछ ।

मुलुककै प्रमुख पार्टीभित्र युवाले नेतृत्वको दाबी गर्नु अस्वभाविक होइन । तर, त्यसका लागि युवा नेताहरुमा आवश्यक दृष्टिकोण, योजना र लक्ष्य हुनुपर्ने विश्लेषकहरु बताउँछन् । अझ, पुरानो नेतृत्वलाई प्रतिस्थापन गर्न नयाँ विचारको प्रतिपादनदेखि पार्टीको संरचना र मुलुकको विकासका लागि स्पष्ट खाकासहित युवाहरु अघि बढ्नुपर्ने राजनीतिक मामिलाका जानकार बताउँछन् ।

युवा नेताले आ–आफ्नो नेतृत्वलाई चुनौंती दिनु राजनीतिक साहसको विषय हो । तर, नयाँ नीति, कार्यक्रम र त्यसलाई हासिल गर्ने रणनीतिका साथमा समर्थकहरु तयार नपार्दासम्म उनीहको चुनौती व्यक्तिगत राजनीतिक घाटामा सिमित हुन सक्छ । अहिले नेतृत्वको दाबी गरिरहेका युवा नेताहरु त्यसतर्फ चनाखो हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);