पौडेलको हत्याबारे छानविन गर्न ७ सदस्यीय अनुसन्धान टोली गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पौडेलको हत्याबारे छानविन गर्न ७ सदस्यीय अनुसन्धान टोली गठन

रुपन्देही, २२ पुस । संघीय प्रहरी इकाई कार्यालय भैरहवाले देवदह–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को हत्याबारे छानविन गर्न ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन भन्दै प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएकाे हो । टोलीले आजैदेखि काम सुरु गरेको प्रहरी नायव उपरीक्षक दिल्लीनारायण पाण्डेले बताए ।

व्यवसायी पौडेलको शुक्रबार बिहान करिब सवा ११ बजे देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी भागेका थिए । घटना लगत्तै  युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका छन् ।

एमाले कार्यकर्ता एवं व्यवसायी बसन्त पौडेल बलुको हत्या भएको विरोधमा युवा संघले अनिश्चितकालिन रुपन्देही बन्द गरेका कारण आज यहाँको जनजिवन प्रभावित भयो ।

बन्दको कारण यातायात, उद्योग व्यापार सबै ठप्प रहे । बुटवलसहित रुपन्देहीका विभिन्न स्थानमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर हत्याको विरोध जनाउँदै बन्द गराएपछि जनजीवन प्रभावित बनेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);