जाजरकोटमा रुघाखोकी र भाइरल ज्वरोका कारण ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जाजरकोटमा रुघाखोकी र भाइरल ज्वरोका कारण ९ जनाको मृत्यु

जाजरकोट, २२ पुस । जाजरकोटको पश्चिमी क्षेत्रमा एक साता देखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले ५ बालबालिका सहित ९ जनाको ज्यान गएको छ । एक सातादेखि फैलिएको भाइरलको प्रकोपबाट बालबालिका र बृद्ध-बृद्धाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ जना बालबालिका र ४ जना अन्य रहेको स्वास्थ्य चौकी वड्कुले जुनीचाँदे गाउँपालिका मजकोटका इन्चार्ज हरिवहादुर सिंहले बताए । उनीहरु रुघा-खोकी र भाइरल ज्वरोले केहि दिनदेखि थलिएका थिए ।

स्वास्थ्य चौकी वड्कुले मजकोटका इन्चार्ज सिंहका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षिया धनसरा नाथ, आइती दिरुवा, ७५ बर्षका सतरुप शाही, वडा नम्वर २ स्यालाका ५२ वर्षिय करसिंह टमाटा र अन्य नाम नखुलेका ५ वालवालिका छन् । यता जिल्ला स्वास्थ्य कार्यालयले भने ५ जनाको मात्रै मृत्यु भएको पुष्टी गरेको छ ।

शनिवारदेखि प्रकोप प्रभाबित क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरिएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए । शिविरमा उपचार गर्न आउने बिरामीको संख्या निकै बढेको बडकुले स्वास्थ्य चौकीका इन्चार्ज सिंहले जानकारी दिए ।

रोग प्रभावित क्षेत्रमा पुगेका जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन कृष्णबहादुर खत्रीले गाउँमा मृत्यु भएकाको मृत्युको कारण खोजी भइरहेको बताए । उनीहरुको कुन रोगका कारणले मृत्यु भएको हो भन्ने पत्ता लाग्न बाँकी रहेको खत्रीले बताए ।

भौगोलिक विकटताका कारण रोग प्रभावित क्षेत्रमा पुग्न समय लागेको र आइतबारसम्म सबै मृतकका घरमा पुगेर मृत्युको कारण पत्ता लगाउने खत्रीले दाबी गरेका छन् ।

गाउँमा भइरलका बिरामीहरु बढ्दै गएको स्थानीयको भनाइ छ । सामान्य रुघा खोकी ठाने पनि प्रकोप बिकराल बनेको स्थानीय बेदबहादुर शाहीले बताए । उनका अनुसार जुनीचाँदे गाँउपालिका वडा नं १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ का मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल ज्वरो प्रकोपको रुपमा देखा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);