भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित !

joro

काठमाडौं, २३ पुष । एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ ।

दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका फोकल पर्सन खेम पुनका अनुसार सदरमुकामभन्दा २३ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।

अहिलेसम्म मृत्यु हुनेमा जुनीचाँदे–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षका सतरूप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरबायाँ टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीको पाँच दिनका छोरा, शान्तबहादुर शाहीको दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, काले दमाईंको सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षकी छोरी कविता र एक नाम नखुलेको बालक रहेको स्वास्थ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);