काठमाडौं, २३ पुष । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डांः नीषा रावल अफिस जाँदा दिनहुँ बहिरंग विभागमा कुकुरले टोकेका व्यक्तिको भीड देख्छिन्।
उनी आफैंलाई पनि कुन दिन भुस्याहा कुकुरले टोक्ने हो भन्ने भय उत्तिकै छ।
काठमाडौं उपत्यकामा अहिले भुस्याहा कुकुरको बिगबिगी छ। उपत्यकामा दिनहुँ झन्डै दुई सय जना कुकुरको टोकाइबाट पीडित हुने गरेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी अहेव माला बुढामगर भन्छिन् ‘बिहान अफिस आइनपुग्दै कुकुरले टोकेका पीडितहरू लाइनमा बसिसकेका हुन्छन्।
एप्रोन पोसाक नलगाई भित्र पस्न खोज्ने हो भने लाइनमा बसेका पीडितले आफूजस्तै ठानेर भित्र जान पाइँदैन है। भन्छन परिचय दिएपछि लौ छिटो भ्याक्सिन लगाइदिनुप¥यो भन्दै कराउँछन्।
अस्पतालमा रहेका पाँच जना अहेवमध्ये एक जनालाई नाम दर्ता गर्न र अर्कोलाई भीड व्यवस्थापन गर्नमै समय बित्छ। अन्य तीन जनालाई भ्याक्सिन लगाउन भ्याई नभ्याई हुन्छ। अहेव सरीता गौतम भन्छिन्, ‘कुकुरको टोकाइबाट पीडित हरेक महिना बढिरहेका छन् ।
दिनहुँ झन्डै दुई सय व्यक्ति कुकुरले टोक्यो भन्दै आउँछन्। हामीलाई भ्याक्सिन लगाउन भ्याई नभ्याई हुन्छ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।




