गौचन हत्याकाण्डः कार्यदल र सीआईबीको अनुसन्धान बाझियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

गौचन हत्याकाण्डः कार्यदल र सीआईबीको अनुसन्धान बाझियो

काठमाडौं, १२ पुस। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरिएको घटनाको विषयमा छानविन गर्न गठित कार्यदल र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धान रिपोर्ट बाझिएको छ ।

कार्यदल र सीआईबीको अनुसन्धान रिपोर्टमा घटनामा प्रयोग भएका सुटरबारे मत बाझिएको हो ।

गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गौचनको गोली हानी हत्या भएको थियो । उक्त घटना अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश केसीको नेतृत्वमा कार्यदल गठन भएको थियो ।

कार्यदलमा प्रहरीको विशेष ब्युरो, सीआईबी, अपराध महाशाखा र महानगरीय प्रहरी आयुक्त कार्यालयका अधिकारीहरु संलग्न थिए ।

कार्यदलले गौचनको हत्या भएको एक महिनापछि घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको थियो । नुवाकोटका २१ वर्षीय राजीव स्याङ्ताङले गौचनलाई गोली प्रहार गरेको भनाइ कार्यदलको थियो ।

सीआईबीले गरेको अनुसन्धानले भने घटनामा सुटरका रुपमा श्याम गोम्बे र अमरबहादुर राणा प्रयोग भएको देखाएको छ ।

कार्यदलले गोली प्रहार गर्ने व्यक्ति भएको दाबी गरेका स्याङ्ताङलाई सीआईबीले समीरमानसिंह बस्न्यातका मुख्य सहयोगीमध्येका एक व्यक्ति मानेको छ ।

श्याम र अमर नेपाली सेनाका भगौडा हुन् । उनीहरु अझै फरार छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);