गौचनको हत्यामा संलग्न थप दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

काठमाडौँ, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा वसन्त थेवे र धनराज योङहाङ रहेका छन् । उनीहरुलाई कपनबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका थेवे र योङहाङकोसाथबाट दुईवटा पेस्तोल र १० राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । यसअघि घटनामा संलग्न पाँच जनालाई गत मंगलबार पक्राउ गरी प्रहरीले सार्वजनिक गरिसकेको छ । गत असोज २३ गते गौचनलाई बानेश्वर स्थित प्रयागमार्गमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);