विवाहको साइत मंसिरमा थोरै, माघमा पनि मात्र एक दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, १ मंसिर । मंसिर महिनालाई विशेष गरी विवाहको महिना भन्ने गरिन्छ । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ ।

यो मंसिरमा थोरै मात्र लगनको दिन भएकाले विवाह गर्नुपर्नेहरुलाई हतार हुने स्थिति देखिएको छ । मंसिरको ६ गते पहिलो विवाह साइत जुरेको छ । ७ गते पनि विवाहको साइत परेको छ । त्यसपछि मंसिर १२, १७ र १८ गते विवाहका लगन छन् ।

मंसिर १८ गतेदेखि भने विवाहका लागि २५ गतेसम्म कुर्नुपर्ने हुन्छ । २५ गते मंसिरको अन्तिम साइत हो । मंसिर २५ गतेपनि विहे गर्न नभ्याउने भने माघ पर्खिनु पर्ने हुन्छ । किनभने पुसमा एउटा पनि विवाहको लगन छैन । यद्यपी माघ महिनामा पनि २४ गते एक दिन मात्र विवाहको लगन रहेको छ ।

लगन जुराएर माघमा विवाह गर्न नभ्याउनेहरुले फागुनको ६ गते विवाहको जोहो गर्नुपर्ने छ । फागनुमा भने ८ दिन विवाहको साईत रहेको पञ्चाङ्गमा उल्लेख छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);