अभिनेता राजकुमार रावकाे विज्ञापनमा देखेर नै माया बस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अभिनेता राजकुमार रावकाे विज्ञापनमा देखेर नै माया बस्यो

काठमाडौं । बलिउड अभिनेता राजकुमार रावले आफू विवाहका लागि तयार रहेको बताएका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले आफूले जीवनसाथी छानिसकेको बताएका छन् ।

उनले आफ्नो जीवनसाथी विज्ञापनमा देखेपछि मन परेको जनाएका छन् । ‘मैले टिभी हेर्ने क्रममा एक दिन उनलाई विज्ञापनमा देखेँ , त्यसपछि त उनी मेरो मनमा बसिन्’, राजकुमार भन्छन् , ‘अब त उनीसँगै विवाहको तयारी छ । तर, कहिले हुन्छ तय छैन ।’ राजकुमारसँगै अन्तर्वार्तामा रहेकी कृति सेननले आफू भने सिंगल रहेको बताइन् । 

अन्तर्वार्ताको क्रममा राजकुमारले कलाकारसँगै विवाह गर्न लागेको संकेत गरेका हुन् । ‘विवाहको लागि समय छ । तर, साथी छानिसकेको छुँ’,  उनले भने । आफ्नो अभिनयकै कारण दर्शकको मनमा स्थान बनाएका राजकुमारले १० वर्ष तेक्वान्दो सिकेको पनि बताए ।

‘मैले यसलाई फिल्ममा प्रयोग गर्न पाएको छैन । तर, आश छ आउँदा फिल्ममा एक्सन रोल पनि अफर हुनेछन्’, राजकुमारले भने । हालै उनको र कृतिको अभिनय रहेको फिल्म ‘हम दो हमारे दो’ प्रदर्शन भएको छ । ओटीटीमा रिलिज भएको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);