बेलायती राजकुमार ह्यारी दम्पत्तीद्वारा बेलायती राजपरिवारले नश्लीय विभेद गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बेलायती राजकुमार ह्यारी दम्पत्तीद्वारा बेलायती राजपरिवारले नश्लीय विभेद गरेको आरोप

एजेन्सी, २४ फागुन । बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगनले आफ्नो सन्तान आर्ची नजन्मिदै राजपरिवारका सदस्यले छालाको रंगलाई लिएर चासो व्यक्त गरेको आरोप लगाउनु भएको छ । अमेरिकी टेलिभिजनकर्मी ओपरा विनफ्रीसँगको विशेष अन्तर्वार्तामा ह्यारी दम्पत्तीले वेलाययती राजपरिवारमाथि केही गम्भीर आरोप लगाउनु भएको हो ।

दुई घण्टा लामो विशेष अन्तर्वार्तामा मेगनले राजपरिवारका सदस्यले आफ्नो सन्तान आर्ची नजन्मिदै छालाको रंगलाई लिएर चासो व्यक्त गरेको आरोप लगाउनु भयो । सोही कारण आफ्नो सन्तान आर्चीबाट राजकीय पदवी खोस्ने गरि नियम परिवर्तन गरिएको पनि मेगनको दावी छ । राजकुमार ह्यारीले पनि सन्तानको रंगलाई लिएर राजपरिवारमा केही कुरा भएको तर त्यसबारे विस्तृतमा नबोल्ने उल्लेख गर्नू भयो ।

यस्तै विवाहको केही समयपछि नै आफूबाट स्वतन्त्रता खोसिएको र आफू एक्लो भएको मेगनको गुनासो छ । ह्यारीले विगत दोहोरिने र झन भयानक हुने देखेर परिवारको रक्षाका लागि आफूहरुले शाही पदवी त्यागेको खुलासा गर्नू भयो । ह्यारी र मेगनको विवाह सन् २०१८ मा भएको थियो ।

उहाँहरुको पहिलो सन्तानका रुपमा छोरा आर्चीको जन्म सन् २०१९ मा भएको हो । दोस्रो सन्तानका रुपमा छोरी जन्मिने छिन् । अहिले ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);