राजकुमार ह्यारी दम्पत्तिलाई केही समय क्यानडामा बस्न महारानीको अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजकुमार ह्यारी दम्पत्तिलाई केही समय क्यानडामा बस्न महारानीको अनुमति

एजेन्सी, २९ पुस । बेलायती महारानी एलिजावेथ द्वितीयले राजकुमार ह्यारी दम्पत्तिलाई केही समयका लागि क्यानडा बस्न अनुमति दिएकी छन् ।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा स्पष्ट निर्णय नभएसम्मका लागि मात्रै महारानी एलिजावेथले यस्तो अनुमति दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

महारानीले राजकुमार ह्यारी र मेगन पूर्ण रुपमा राजकीय कार्यमै संलग्न शाही भूमिकामै रहन जोड दिएकी छन् । ह्यारी र मेगनको भावी भूमिकाका सम्बन्धमा अन्तिम निर्णय आउँदा दिनमा लिइने बताइएको छ ।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले आफूहरु बेलायती शाही उपाधि त्याग्ने घोषणा गरेका थिए । उनीहरुले सार्वजनिक कोषमा निर्भर हुन नचाहेर वित्तीय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको घोेषणा गरेका थिए । महारानीले यस विषयमा अझै केही काम गर्न बाँकी रहेको भन्दै केही दिनभित्रै अन्तिम निर्णय लिने बताएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);