राजकुमार ह्यारी र मेगनले शाही जिम्मेवारी त्याग्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजकुमार ह्यारी र मेगनले शाही जिम्मेवारी त्याग्ने

prince harry and meghan

एजेन्सी, २४ पुस । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले शाही भुमिका त्याग्ने घोषणा गरेका छन् । बेलायतका ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले शाहि भुमिका त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले बेलायत र उत्तर अमेरिकामा समय व्यतीत गर्ने उल्लेख गरेका छन् । विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको जनाइएको छ । अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा ह्यारी र मेगनले धेरै महिना सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन् ।

ह्यारी र मेगनको विवाह मे २०१८ मा भएको थियो । विज्ञप्तिमा कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै आर्थिक रुपमा आत्मनिर्भर हुने प्रयास गर्ने उल्लेख छ ।

क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट छ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएर मंगलबार मात्र फर्केका थिए । बेलायतको शाहि परिवारले ह्यारी र मेगनको घोषणा प्रति दु:ख व्यक्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);