महारानीको शव यात्रामा ह्यारीले किन सैन्य पोसाक लगाउन पाएनन् ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

महारानीको शव यात्रामा ह्यारीले किन सैन्य पोसाक लगाउन पाएनन् ?

लन्डन। प्रिन्स ह्यारीले आज आफ्ना भाइ विलियम र राजा चाल्र्सलाई बकिंघम प्यालेसबाट वेस्टमिनिस्टर हलसम्म दिवंगत रानी एलिजाबेथ द्वितीयको कफिन लैजाने शव यात्रामा सामेल भएका छन् । शव यात्रामा राजा चाल्र्स र राजकुमार विलियमले औपचारिक सैन्य पोशाक लगाएका थिए भने ह्यारी ‘शोक पोसाक’ मा देखा परे । प्रिन्स ह्यारी र उनकी श्रीमती मेघन मार्कलले २०२० मा आफ्नो शाही कार्यहरू छोडेकाले सैन्य वर्दी लगाउने अधिकार छैन । ह्यारी र मेघन हाल शाही कर्तव्यबाट विमुख हुँदै गएका छन् । आफ्नो शाही कर्तव्यहरूमा पूर्ण–समय समर्पित गर्ने विलियम अब सिंहासनको अर्को लाइनमा छन् ।

ससेक्स अफ ड्युक ह्यारी वेस्टमिन्स्टर हलमा हुने अन्तिम उपस्थितिसहति स्वर्गीय रानीको अन्त्येष्टिसम्मका पाँच परम्परागत कार्यक्रमहरूमा कुनै पनि सैन्य पोसाक लगाउन अनुमति दिइने छैन ।

३७ वर्षीय ह्यारीले अन्तिम संस्कार नहुन्जेलसम्मका सबै परम्परागत कार्यक्रममा शोकाकुल झल्किने पोसाक लगाउने उनका प्रवक्ताले बताएका छन् । ‘प्रिन्स ह्यारी, ससेक्सको ड्यूकले आफ्नी हजुरआमाको सम्मानमा हुने कार्यक्रममा शोक झल्काउने लुगा लगाउनेछन्’, उनका प्रवक्ताले भने । सेनामा आफ्नो १० वर्षे सेवा अवधिमा राजकुमार ह्यारी क्याप्टेनको दर्जामा पुगेका थिए र अफगानिस्तानमा दुई ओटा भ्रमण गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);