बेलायती राजकुमार ह्यारीको विहे नायिका मेघानसँग पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, ११ मंसिर । बेलायती राजकुमार ह्यारीले आफ्नी अमेरिकी प्रेमिका नायिका मेघान मार्कलेसँग बिहे गर्ने पक्का भएको छ ।

राजकुमार ह्यारी र मेघान सन् २०१६ देखि प्रेम सम्बन्धमा रहेका छन् । उनीहरुले एक महिनाअघि मात्रै इन्गेजमेन्ट गरेका हुन् । राजकुमार ह्यारीको इन्गेजमेन्टबारे बेलायती महारानी र नजिकका केही मान्छेलाई मात्र थाहा थियो ।

विवाहका अन्य तालिकाबारे पछि जानकारी गराइने केन्सिङ्टन दरबारले जनाएको छ । ह्यारीका दाजुभाउजू राजकुमार विलियम र क्याथरिनले पनि राजकुमार ह्यारी र मेघानको विवाहको खबर सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।

३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया नायिका मेघानले केही समय अघि मात्र आफूहरु प्रेम सम्बन्धमा रहको खुलासा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);