'आङ सान सुकीलाई दिइएको सम्मान पुरस्कार फिर्ता' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, १२ मंसिर। म्यानमारकी नेतृ आङ सान सुकीलाई दिइएको ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको छ।सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन्।

स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंग्यामाथिको दमनबारे सू कीले कुनै कदम नचालेको आरोप लगाएका छन्। उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन्। यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सुकीको तस्वीर कलेजबाट हटाइसकेको बीबीसीले जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंग्यामाथि गरेको व्यवहारलाई पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहारु भन्दै आएको छ।तर सुकीले त्यो अस्वीकार गर्दै आएकी छन्।

गत सेप्टेम्बरमा एउटा सम्बोधनका क्रममा उनले मानवअधिकार उल्लंघनको निन्दा गरे पनि देशको सेनामाथि कुनै आरोप लगाइनन् र जातीय सफाया भइरहेको आरोपबारे पनि केही बोलेकी थिइनन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);