युरोपेली संसदले आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युरोपेली संसदले आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटायो

एजेन्सी, २६ भदौ । युरोपेली संसदले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदायबाट हटाएको छ । रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै युरोपेली संसदले सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको हो ।

नोबेल शान्ति पुरस्कार पाउनु भन्दा करिब एक बर्षअघि सन् १९९० मा यूरोपेली संसद सभाले सुकीलाई उच्च मानव अधिकारवादी ‘सखारोभ पुरस्कारबाट सम्मानित गरेको थियो । युरोपेली संसदले पुरस्कार फिर्ता लिन नसकिने भएपनि पुरस्कार प्राप्त गर्नेको सूचीबाटै सुकीलाई हटाउन सकिने प्रावधान प्रयोग गरेको हो । यो यूरोपेली संसद्को सबैभन्दा कडा प्रतिबन्ध हो ।

बौद्ध धर्मावलम्बीको बहुमत रहेको म्यानमारमा मुस्लिम रोहिंज्या अल्पसंख्यकलाई लामो समयदेखि भेदभाव गरिएको आरोप लाग्ने गरेको छ । करिब सात लाख ४० हजार रोहिंज्याहरू सैन्य आक्रमणबाट बच्न बंगलादेशमा शरण लिएका छन् । त्यस्तै एशियाका भारत, नेपाल, पाकिस्तान, इन्डोनेसिया, मलेसियालगायतका मुलुकमा पनि हजारौँको सङ्ख्यामा उनीहरू शरणार्थीका रूपमा बस्दै आएका छन् ।

म्यानमारमा सैन्य शासनको अन्त्य गर्न नेतृत्वदायी भुमिका खेल्नु भएकी सुकी अहिले ‘राज्य सल्लाहकार’ को रूपमा शक्तिशाली पदमा हुनुहुन्छ । सुकीलाई कुनै समय स्वतन्त्रताको अग्रणी व्यक्तित्वका रूपमा विश्वले मानेको थियो । तर, उनीमाथि रोहिंज्याकोविरुद्ध भएका दुर्व्यवहारका घटनामा वेवास्ता गरेको आरोप लागीरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);