सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

एजेन्सी,२६ भदाै । भारत र चीनबीच दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनाव कम गर्ने सहमति भएको छ । रुसको मस्कोमा दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सीमाक्षेत्रमा उत्पन्न तनाव कम गर्ने सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर र उहाँका चिनियाँ समकक्षी वाङ इबीच उक्त सहमति भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा उल्लेख छ । त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा जनाइएको छ ।

रुसले आयोजना गरेको सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागी २ नेताबीच साइडलाइन छलफल भएको थियो । भारत र चीनबीच सीमारेखा लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीको ३ हजार ४८८ किलोमिटर लामो क्षेत्रमा गत मे महिनादेखि दुुवै मुलुकले सैन्य उपस्थिति बढाउँदै आएका छन् ।

यसअघि, मस्कोमै भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फङ्बीच तनाव कम गर्ने सहमति भएको केही दिनपछि नै सीमामा पुनः तनाव बढेको थियो । गत जुनमा भएको सैन्य झडपमा २० भारतीय सैनिक मारिएपछि सीमा क्षेत्रमा तनाव बढ्न थालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);