अमेरिका र चीनबीच हप्तामा आठ वटा हवाई उडान सञ्चालन गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिका र चीनबीच हप्तामा आठ वटा हवाई उडान सञ्चालन गर्ने सहमति

एजेन्सी , ४ भदौ । संयुक्त राज्य अमेरिका र चीनबीच हप्तामा ८ वटा सिधा हवाई उडान संचालन गर्ने बारेमा सहमति भएको छ । अहिलेसम्म ४ ओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरूलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ । कोरोना भाइरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उडान सेवा अवरुद्ध हुने क्रममा यी दुई देशका बीचमा पनि उडान सेवामा कमी आएको थियो ।

अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उठान सेवा वृद्धि गर्ने सहमति दुईदेशबीच भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);