नेपाल र थाईल्याण्डबीच ऐतिहासिक हवाई सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपाल र थाईल्याण्डबीच ऐतिहासिक हवाई सम्झौता

hawai samjhauta 1

काठमाडौं, १६ कात्तिक । नेपाल र थाईल्याण्डबीच सन १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थाईल्यान्डको बैंककमा भएको सम्झौतापछि थाईल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान पाउने बाटो खुलेको छ ।

समझदारी पत्रका अनुसार हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र जुनसुकै विमानस्थलमा अवतरण गर्न पाउने र दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख गरिएको छ । साथै नेपालका निर्माणाधीन अन्तर्र्रािष्ट्रय विमानस्थलमा थाई विमानलाई उडान भर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख गरिएको छ ।

नेपाली पक्षका वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

थाई पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यस्थ विन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाइने पनि सहमति भएको छ । नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी भैरहँदा थाईल्यान्डसँग भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);