नेबिसंघको पूर्व निर्धारित कार्यतालिका अनुसार १२ औ महाधिबेशन हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेबिसंघको पूर्व निर्धारित कार्यतालिका अनुसार १२ औ महाधिबेशन हुन सकेन

nebisang

काठमाडौं, १६ कात्तिक । नेपाली काग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघको यही कार्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नहुने भएको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार कार्तिक १६ गतेदेखी १८ गते सम्म १२ औ अधिबेशन गरिने भनिएकोमा नेपाल विद्यार्थी संघले पार्टीलाई बुझाएकोे संशोधित विधान मस्यौदा अनुमोदन नभएपछि १२ औ महाधिवेशन रोकिएको हो ।

नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्तिक १६ गते देखि १८गतेसम्म गर्ने भनिएको १२ औँ महाधिवेशन रोकिएको छ । नेपाल विद्यार्थी संघले गत भदौ २६ गते आफनो संशोधित विधान मस्यौदा नेपाली कंग्रेसलाई बुझाएको थियो । तर पार्टीको नेविसंघ हेर्ने समितिले विधान र नियमावली पारित नगरेपछि १२ औं महाधिवेशन रोकिएको हो ।

गत भदौ महिनामा सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । संघको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदैछ ।

तर नेपाली कांग्रेस भित्रै नेताहरुको फरक फरक मतका कारण आफुहरुले बुझाएको विधान मस्यौदा पार्टीले पारित नगरेका कारण महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघका महामन्त्री सरोज कुमार थापाको भनाइ छ । कार्तिक ११ गते भित्र सबै प्रदेशमा रहेका बिद्यालय तथा क्याम्पसहरुमा नेबिसंघको अधिबेशन सम्पन्न गर्ने कार्यतालिका सार्बजनिक भएकोमा त्यो पनि हुन सकेन ।

नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा गठित निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पार्टी संस्थापन पक्षबाट र्विाचन टार्ने खेल भएको नेविसंघका महामन्त्री आनन्दराज त्रिपाठीको भनाइ छ । नेपाली काँग्रेुले नेबिसंघको विधान संशोधन नगरेको प्रति बिद्यार्थी नेताहरुले आक्रोस पोखेका छन ।

बिजयकुमार गच्छेदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरम नेपाली कांग्रेससंग एकिकरण भएपछि उक्त पार्टीको बिद्यार्थी संगठन पनि नेबिसंघमा समाहित भएको थियो । र उनीहरुलाई पनि भागबण्डामा सामेल गर्नु पर्ने लगायत बिबिध कारणले तोकिएकै समयमा महाधिबेशन हुन नसकेको नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको दावी छ ।

नेपाली कंग्रेस भित्र नेबिसंघको बिषयलाई लिएर नेताहरुवीच विवाद पनि रहेको छ । कतिपय नेताहरुले ३२ बर्षे उमेरहदलाई लागू गर्नु पर्ने बताइरहेका छन भने कतिपयले लागू गर्न नहुने अडान लिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);