नेपाल विद्यार्थी संघद्दारा महाधिवेशनको तयारीको कामलाई तीव्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल विद्यार्थी संघद्दारा महाधिवेशनको तयारीको कामलाई तीव्रता

nebisang

काठमाडौं, २४ भदौ । १२ औं महाधिवेशनको तयारीमा जुटेको नेपाल विद्यार्थी संघले महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको आईतबार काठमाडौंमा बसेको बैठकले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिएको हो । महाधिवेशनका लागि आवश्यक आयोजक समिति गठन, विधान संशोधनलगायतको कामलाई सम्पन्न गर्न बैंठक केन्द्रित रहेको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

संघको आइतवारको बैठकले विधान संशोधन गर्नेछ । त्यसैगरी महाधिवेशन गर्नका लागि कार्तिक ११ गतेसम्म देशका सबै तहबाट प्रतिनिधि चयन गरी सक्ने कार्यतालिका पनि बैठकमा पेश गरिएको संघका उपाध्यक्ष पवनकुमार यादवले जानकारी दिए । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कार्तिक १६, १७ र १८ गते काठमाडौंमा आयोजना हुँदैछ । उपाध्यक्ष यादवले महाधिवेशनका लागि प्रतिनिधि चयनको काम आगामी असोज ७ गतेबाट सुरु गर्ने प्रस्ताव पनि बैठकमा गरिएको बताए । संघका अध्यक्ष महरको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने प्रस्ताव पनि बैठकमा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);