वैशाख ७ देखि ९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने राजपाकाे तयारी तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वैशाख ७ देखि ९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने राजपाकाे तयारी तयारी

rajapa

काठमाडौं, ११ पुस । राष्ट्रिय जनता पार्टी, नेपालले आगामी बैशाख ७, ८ र ९ गते पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । राजपा, नेपालले पार्टी महाधिवेशनको तयारीको कामलाई गति दिन मातहतका निकायलाई निर्देशन समेत दिएको छ ।

बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय अध्यक्ष मण्डलको बैठकले पार्टी महाधिवेशनको तयारी अन्तरगत पार्टी सदस्यता वितरणको कामलाई गति दिन पार्टी जिल्ला अध्यक्ष मण्डललाई निर्देशन दिने निर्णय गरेको हो ।

सोही कामलाई प्रभावकारी बनाउन यही पौष १८ गते जिल्ला स्तरीय विस्तारित बैठक र पौष २५ गते वडा स्तरीय विस्तारित बैठक सम्पन्न गर्न पनि जिल्ला अध्यक्ष मण्डललाई निर्देशन दिने निर्णय गरिएको पार्टीका केन्द्रिय अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिए ।

बैठकले महाधिवेशनको तयारीका लागि सक्रिय र साधारण सदस्यता वितरण अभियानका लागि माघ १५ गतेसम्म समय पनि थप गरेको छ । सक्रिय र साधारण सदस्य वितरण अभियानका लागि माघ १५ गतेसम्मको म्याद पनि थप गरिएको नेता यादवले बताए ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले मागेको एक हप्ताको समयमा पनि संविधान संशोधन प्रक्रिया अघि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा पनि सामान्य छलफल गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);