राजपामा आन्तरिक बिबाद बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजपामा आन्तरिक बिबाद बढ्दै

rajapa

काठमाडौं, १५ पुस । राष्ट्रिय जनता पार्टी नेपालले आगामी बैशाख सात आठ र नौ गते महाधिवेसन गर्ने भएको छ ।

महाधिवेसनको तयारीमा जुटेको राजपामा आन्तरीक बिबाद बढ्दै जादा उसले तोकिएको समयमा महाधिवेसन कसरी गर्ला कि नगर्ला भन्ने शंका पैदा भएको छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले आगामी बैशाख ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।

६ वटा मधेस केन्द्रित दल मिलेर बनेको राजपा नेपालले पहिले नै महाधिवेशन गर्नुपर्ने भएपनि अब वल्ल महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशनको लागि नै महन्थ ठाकुरलाइ संयोजक बनाएको राजपाले ११ महिनासम्म पार्टीको नेतृत्व चलाएर पनि ठाकुरले महाधिवेशनको पुर्वतयारी समेत नगरेपछि नेतृत्व बदलेको छ । अहिले राजेन्द्र महतोले राजपा नेपालको नेतृत्व गरेका छन् ।

अब हरेक २ महिनामा नेतृत्व बदल्ने सहमति भएको छ । तर, महाधिवेशन नहुदा जिल्ला केन्द्र सवै तहमा ६ वटा अध्यक्षहरु भई अध्यक्ष मण्डलबाट पार्टी सञ्चालन हुदै आएको छ । पार्टीमा नेतृत्व चयन गर्नको लागि वैशाखमा महाधिवेशन गर्न लागेको राजपा महासचिव केशव झाले जानकारी दिएका छन् ।

राजपा नेपाल अब महाधिवेशनको तयारीमा जुटेको छ । गत पुुस ११ गते बसेको राजपा अध्यक्ष मण्डलको बैठकले यहि १८ गते जिल्ला स्तरीय बिस्तारित बैठक र २५ गते वडा स्तरीय बिस्तारीत बैठक बसी माघ १५्र गतेसम्म सदस्यता बितरण गर्ने तयारी गरेको छ । महाधिवेशनको तयारी तथा व्यवस्थापन गर्ने संवन्धमा आईतवार राजपाको केन्द्रिय कार्यालयमा सचिवालय बैठक समेत बसेको छ ।

महाधिवेशन नीतिको मात्र नभइ नेतृत्वको चयनको मुल थलो हो । यसमा मार्फत नै नेतृत्व चयन हुने भएकोले नेताहरुमा एक खालको प्रतिस्पर्धाको लागि होडवाजी समेत चल्न थालेको छ । यहि होडवाजी कै क्रममा राजपामा आन्तरीक बिबाद पनि बढ्दो छ ।

गत मंसिरमा महन्थ ठाकुुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेसँगै पार्टी भित्र आन्तरीक बिबाद पनि बढ्दै गईरहेको छ । महतो संयोजक बनेकै दिनमा उनले महन्थ ठाकुुरले गरेका कतिपय निर्णय खारेज गरेपछि बिबादमा परेका थिए । त्यसपछि खुुलेरै ठाकुुर पक्षधर नेताहरुले उक्त निर्णयको बिरोध समेत गरेका थिए । यो प्रकरण कतिसम्म बढेर गयो भने धनुषामा हाल राजपा नेपालका संयोजक रहेका राजेन्द्र महतोको पुतला नै जलाइयो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई बिना कारण हटाएको भन्दै धनुुषामा महतोको बिरोधमा शुुक्रवार पुुत्ला दहन गरिएको हो । महतो पक्षधरका नेताहरुले धनुषा काण्डमा संयोजक महतोको हात नरहेको बताएपनि महासचिव केशव झाले भने यस घटनाको छानवीन भइरहेको बताएका छन् ।

पार्टी भित्रको आन्तरिक झमेलामा फसेको राजपा नेपाल सरकासंग पनि वार्गेनिङमा छ । प्रधानमन्त्री केपी ओलीलाइ भेटेर संविधान संशोधनमा प्रक्रिया अघि बढाउन माग गरेको राजपा नेपालले पाएको समय सिमा पनि सकिन लागेको छ ।

पार्टी महाधिवेशन नजिक भएको सन्दर्भमा नेतृत्व लिन चाहने नेताले यहि मुद्धालाइ उचाल्ने र आफु मधेशी जनताको पक्षमा रहेको देखाउनको लागि पनि अबका दिनमा राजपा नेता झन उत्तेजित र क्रान्तिकारी देखिने सम्भावना पनि उतिकै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);