फोरम सरकारमा रहेसम्म एकता हुन नसक्ने राजपाको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

फोरम सरकारमा रहेसम्म एकता हुन नसक्ने राजपाको भनाई

काठमाडौं, ७ बैशाख । पार्टी स्थापनाको तेस्रो बर्ष लागिसक्दा समेत महाधिवेशन गर्न नसकेर यतिकै बसेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय समाजवादी फोरमसंग पार्टी एकताको लागि नयाँ सर्त राखेको छ । चैत्रको अन्तिम साता फोरमसँग पार्टी एकताको लागी पत्राचार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फोरम सरकारमा रहेसम्म फोरमसँग एकता हुन नसक्ने बताएको हो ।

प्रदेश नं २ मा संयुक्त गठबन्धन सरकार चलाईरहेको संघीय समाजबादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकिकरणको लागी चैत्रको पहिलो साता संघीय समाजवादी फोरमले राजपालाई पत्र पठाएको थियो ।

तर यसको जवाफ राजपाले निकै लामो समय सोचेर चैतको अन्तिम साता मात्र पठायो । राजपा र फोरमको यो पत्र आदान प्रदानले यी दुई मधेशी दलबीच एकताको चर्चा त भयो तर ठोस गति भने लिन सकेन ।

अझै उदेकलाग्दो कुरा के भयो भने यसपछि दुवै दलले मौनता साधेर बसे । तर, शनिवार तेस्रो स्थापना दिवसको दिन भने राजपाले पार्टी एकता हुन नसक्नुको ठोस कारण खोलेको छ । भर्खर सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजापाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले शनिवार संघीय समाजवादी फोरम सरकारमा रहेसम्म पार्टी एकता हुन नसक्ने ठोकुवा गरेका हुन् ।

राजपा नेपाल र फोरमको मुद्धा नै मधेसी लगायतका शोषित पीडित उपेक्षित समुदाय बर्ग र क्षेत्रका जनताको हितमा काम गर्ने हो । बैकल्पिक क्षेत्रीय राजनीतिक शक्ति निर्माणको दिशामा रहेका दुवै पार्टीको मुद्धा र बिचार समान देखिन्छन ।

तर पनि एकता भने हुन सकेको छैन । त्यसो त फोरमसंग एकताको लागि सर्त राखेको राजपा नेपाल भित्र आफ्नै खालको भाँडभैलो देखिएको छ । बिभिन्न ६ वटा मधेस केन्द्रित दलहरु मिलेर एक भएको राष्ट्रिय जनता पार्टी राजपा नेपाल बनेको तिन बर्षसम्म पनि पार्टीको महाधिवेशनसम्म पनि गर्न सकेको छैन ।

यहि कारण राजपा नेपालमा नै अन्र्तकलह देखिएको छ । पार्टी एक भएको १ बर्ष भित्र महाधिबेशन गर्ने भनेको राजपा नेपालले पछिल्लो समय बैशाख ७, ८ र ९ गते महाधिबेसनको मिति तय गरेको थियो । तर अन्तिम समय महाधिवेशन रोकियो । र, अर्को पनि मिति तय भएको छैन ।

महाधिवेशनको नयाँ मिति तय हुन नसकेपछि यतिवेला राजपा नेपालमा नयाँ विकल्पको बारेका बहश हुन थालेको छ । अध्यक्ष मण्डलको हालै बसेको बैठकले वार्ड अधिवेसन गरेर महाधिवेसन गरिहाल्ने, अथवा सवै तहको अधिवेसन सम्पन्न गर्दै महाधिवेसनमा जाने वा एकता बिशेष अधिवेसन गरि महाधिवेसन गर्ने भन्ने तिनवटा बिकल्पको वारेमा अहिले बहश भइरहेको छ । आइतवार देखि बस्ने बैठकले यसवारेमा निष्कर्ष निकाल्ने तयारी गरेको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);