राजपा महाधिवेशन फेरी अन्यौलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजपा महाधिवेशन फेरी अन्यौलमा

रामनिवास यादव
काठमाडौं, ३ कात्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्तिक २८ गतेदेखि हुने भनिएको महाधिवेशन फेरी हुने नहुनेमा अन्यौल देखिएको छ । पटक पटक सर्दै आएको महाधिवेशन फेरी सर्ने निश्चित जस्तै देखिएको छ । महाधिवेशनको तयारीमा पार्टी नलागेकोले महाधिवेशन सर्छ भन्नेमा नेताहरु नै निश्चित प्रायः देखिन्छन् । महाधिवेशन मिति नजिक आइसक्दा पनि महाधिवेशनको तयारी केही नभएको नेताहरु बताउँछन् ।

झण्डै ३ वर्ष अघि तत्कालिन छ वटा मधेश केन्द्रित दल मिलेर बनेको राजपा नेपालले १ वर्ष भित्र महाधिवेशन गर्ने सहमति गरेको थियो । तर त्यो समयमा गर्न नसकेपछि बिधानमा नै २ वर्ष भित्र गर्ने गरी कार्तिकको मसान्तमा गर्ने तय गरेको थियो । महाधिवेशनको मिति नजिकदै जाँदा पनि महाधिवेशनको तयारी भने शुन्य रहेको छ । कार्तिक २८, २९ र ३० गते महाधिवेशन गर्ने मिति तोकिएको छ ।

महाधिवेशनको यो मिति पनि दोस्रो पटक सारिएको मिति हो । मिति नजिकिदै जाँदा पनि महाधिवेशनको तयारी प्रक्रियालाई तीव्रता दिन सकेको छैन् । राष्ट्रिय जनता पार्टी (राजपा)ले कात्र्तिकमा हुने तोकिएको महाधिवेशन गर्ने कि न गर्ने भने विषयमा औपचारिक निर्णय गर्न सकेको छैन् ।

राजपा नेपालले महाधिवेशनको लागि स्थान , व्यवस्थापन समिति, आर्थिक समिति, राष्ट्रिय, अन्तर्राष्ट्रिय अतिथि समन्वय समिति, विधान÷घोषणापत्र तथा दस्तावेज लेखन समिति, प्रचार प्रसार समिति गठन गर्न सकेको छैन । अहिले राजपा भित्र पार्टी एकता पहिलो कि महाधिवेशन पहिलो भन्ने विषयमा पार्टीका नेतादेखि कार्यकता समेत एकतापछि महाधिवेशनमा जाँदा राम्रो हुने सुझाव दिन्छन् ।

दुवै पार्टीबीच एकता भएर जनकपुरमा महाधिवेशन हुने तयारी गरिएको राजपा नेता जितेन्द्र मिश्रा बताउनु हुन्छ ।

महाधिवेशनको तयारी अघि बढेको छैन । तर अध्यक्षमण्डलबाट औपचारिक रुपमा महाधिवेशन नहुने घोषणा नभएकोले पार्टी महाधिवेशनमा नै होमिएको उपाध्यक्ष सत्यनारायण मण्डलको भनाई छ । राजपाको महाधिवेशन भए राजपा नेपाल एकल अध्यक्ष प्रणालीमा जाने निश्चित छ । त्यसलाई राजपाले आफ्नोे विधानमै उल्लेख गरेको छ । तर महाधिवेशन नै निश्चित नहुँदा राजपा नेपाल फेरी चक्रिय प्रणालीको अध्यक्ष मण्डलमै रुमलिने हो कि भन्ने आशंका बढिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);