अन्यौलमा राजपाको एकता महाधिवेशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अन्यौलमा राजपाको एकता महाधिवेशन

rajapa

काठमाडौं, ५ फागुन । तराई मधेस केन्द्रित ६ पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीले अझै महाधिवेशन गर्न सकेको छैन । समयमै महाधिवेशन गर्न नसकेको राजपाले दुईपटक पार्टी विधान संशोधन गरिसकेको छ । एकता महाधिवेशन भन्दै आएको राजपाले महाधिवेशन गर्न नसक्दा वैधानिक प्रश्न समेत उठ्न थालेको छ ।

२०७४ बैशाखमा मधेशी दलहरु मिलेर राजपा नेपाल गठन भएको हो । मधेश केन्द्रित ६ दल मिलेर राजपा नेपालको गठन भएको २ वर्ष बढी भैसक्दा पनि महाधिवेशन हुन सकेको छैन ।

स्थापनाकालदेखि नै राजपा नेपाल अध्यक्षमण्डलको भरमा चल्दै आएको छ । अब हुने महाधिवेशनबाट एकल नेतृत्वमा जाने राजपाको पदाधिकारी बैठकले निर्णय समेत गरेको छ ।

राजपाको महाधिवेशन मिति पटक-पटक सरेको सरै छ । दुई हजार ७६ वैशाख ८-११ मा बसेको पदाधिकारी समिति बैठकले तेस्रोपटक विधान संशोधन गर्दै एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गरेको छ । असारभित्र महाधिवेशन गर्नुपर्ने विधानगत प्रावधान भएपनि कुनै महाधिवेशनको सुरसार छैन ।

राजपा नेपालमा ६ अध्यक्ष रहेकाले चक्रिय प्रणालीबाट चल्दै आईरहेको छ । पार्टीकै नेता तथा कार्यकता राजपा नेपाल पार्टीको रुपमा लिन नसकेको बताउँदै आएका छन् । जसको फलस्वरुप महाधिवेशन हुन नसेको नेताहरुको भनाई छ ।

एकतापछि निर्वाचन आयोगमा बुझाइएको विधानमा एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख छ । तर पछिल्लो पटक महाधिवेशनको मिति पटक-पटक सारिएको छ । दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर आयोगलाई बुझाएको थियो ।

तर त्यो मितिमा अधिवेशन हुन नसकेपछि अहिले असार मसान्तसम्म मात्र समय वाँकी छ । असारभित्र पनि महाधिवेशन हुन नसके राजपाको वैधानितामाथि प्रश्न उठ्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);