कार्तिकमा पनि राजपाको महाधिवेशन हुन्छ वा हुन्न भन्नेमा अन्यौल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कार्तिकमा पनि राजपाको महाधिवेशन हुन्छ वा हुन्न भन्नेमा अन्यौल

तेजना पण्डित
काठमाडौं, १५ बैशाख । पार्टी भित्रको निकै रस्साकस्सीपछि राष्ट्रिय जनता पार्टी राजपा नेपालले आगामी कार्तिक २८ गते महाधिवेसनको मिति तोकेको छ । बैशाखको पहिलो साता गर्ने भनिएको महाधिवेशन मिति तयारी अपुग भन्दै निकै पर कार्तिकसम्म सारिएको छ । सारिएको मितिमा पनि महाधिवेशन हुन्छ कि हुन्न भन्ने अन्यौल नेताहरुमा अझै देखिन्छ ।

छ वटा मधेस केन्द्रित दल मिलेर गठन भएको राष्ट्रिय जनता पाटी स्थापना भएको ३ बर्ष बितिसकेको छ । पार्टी स्थापना भएको १ वर्ष भित्र महाधिवेशन गर्ने भनेको राजपा नेपालले पटक पटक महाधीवेशनको मिति तय गर्दै सार्दै सार्दै आईरहेको छ ।

पछिल्लो समय बैशाख ७ ,८ र ९ गते गर्ने भनी महाधिवेशनको मिति तय भएको थियो । पर्याप्त तयारी नपुगेको भन्दै तोकिएको समयमा महाधिवेशन गर्न सकेन । अन्तत् बैशाख ८ गतेदेखि १३ गतेसम्म बसेको पदाधिकारी बैठकले आगामी कात्तिक २८, २९ र ३० गते महाधिबेशनको मिति सार्ने निर्णय गर्यो । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष मण्डलका पूर्वसंयोजक महन्थ ठाकुरको संयोजकत्वमा महाधिबेशन मुल आयोजक समिति गठन गरिएको छ ।

महाधिवेशनका मिति सार्न राजपाको बैठक पटक पटक बसेर पनि मिति सार्न सकेको थिएन । अन्नत बैशाख १३ गते बसेको बैठकले मधिवेशन मिति सार्ने निर्णय गर्यो । पूर्व संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो लगायतकाहरु अघिल्लो मितिमै महाधिवेशन गर्ने अडानमा थिए भने महेन्द्र यादव, अनिल झा लगायतकाहरु सार्ने पक्षमा अडान राख्दै आए । अन्तत मिति सार्ने जित महेन्द्र यादव पक्षकै भयो ।

६ वटा दल मिलेर बनेको राजपामा अहिले १३१ पदाधिकारी र ७११ केन्द्रिय समिति सदस्य रहेका छन् । अब हुने महाधिवेशनले विधान संशोधन गर्दै १५० सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने तयारीमा राजपा देखिन्छ ।

त्यसका लागि राजपाले अहिले महाधिवेशन मूल आयोजक समिति, विधान मस्यौदा समिति र महाधिवेशन तयारी समिति गठन गरेको छ । तल्लो तहका सबै निर्वाचन गरी कार्तिकमा नेतृत्व चयनका लागि महाधिवेशन गर्ने सहमतिमा कार्तिकमा महाधिवेशन गर्ने अध्यक्ष मण्डलमा सहमति भएको हो ।

तथापी, अझै तल्लो तहमा उम्मेदवारी छनौट लगायतका विषयमा सहमति हुन नसके कार्तिकमा तोकिएको समयमा पनि महाधिवेशन हुन्छ कि हुंदैन भन्नेमा भने अन्यौल अझै कायमै देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);