राजपा समस्याबाट ग्रस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजपा समस्याबाट ग्रस्त

rajapa

काठमाडौं, ९ बैशाख । नेकपा नेतृत्वको सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि विपक्षी राजनीति गर्ने तयारीमा लागेको राजपा नेपाल अहिले अनौठो समस्याबाट ग्रस्त छ । विभिन्न ६ वटा घटक मिलेर बनेको राजपा नेपालले तिन बर्षसम्म पनि पार्टीको महाधिवेशनसमेत गर्न नसकेपछि उसको राजनीतिले खास आकार लिन सकेको छैन ।

सरकारलाइ दिएको समर्थन फिर्ता गरेपछि विपक्षी राजनीति गरिरहेको राजपा नेपाल अहिले अनौठो तनावमा परेको छ । विभिन्न ६ वटा घटक मिलेर बनेको राजपा नेपालमा अहिले नै महाधिवेशन गर्ने कि पुन अध्यक्षमण्डलबाट काम चलाउने भन्ने बहश चुलीमा रहेको छ । त्यसो त पार्टी एकता भएको तीन बर्ष पुरा भइसक्यो तर अहिलेसम्म पनि उसले महाधिवेशन गर्न सकेको छैन । क्षेत्रीय राजनीति गरिरहेका विभिन्न ६ वटा राजनीतिक दल मिलेर तयार भएको राजपा नेपालले पार्टीको महाधिवेशन गर्न नसकेपछि र महाधिवेशन नहुन्जेलसम्मको लागि भनेर अध्यक्ष मण्डल बनाएर पार्टी सञ्चालन गरिरहेको थियो ।

तर,पार्टीमा बरिष्ठ नेता मध्येका महन्थ ठाकुरलाइ समेत एक बर्ष भन्दा बढी समय अध्यक्ष धानेर वस्न कठिन भएपछि ६ वटै घटकको नेतृत्वको गरेका नेताहरुलाइ पालैपालो अध्यक्षमण्डल बनाएर नेतृत्व दिन थालिएको छ । एउटै पार्टीमा ६ जना अध्यक्ष हुदा कसको कुरा कसले मान्ने र को आधिकारिक मानिस हो भनेर ठम्याउन राजपामा बहुत कठिन भएको छ । यसैकारण बडा ठुलो हिम्मत गरेर राजपा नेपालले वैशाखको पहिलो साता महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको थियो ।

राजपा नेता महन्थ ठाकुरलाइ अध्यक्षबाट हटाएर अध्यक्ष मण्डलको अध्यक्ष बन्न सफल भएका राजेन्द्र महतोले महाधिवेशनको मिति त तय गर्न सके तर महाधिवेशन चाहि गर्न सकेनन । राजपाले निर्धारण गरेको मितिमा महाधिवेशन भएको यतिवेला महाधिवेशन भएर नया नेतृत्व चयन भइरहेको हुनेथियो तर फेरि पनि राजपा नेपालको घडीमा महाधिवेश गर्नेगरि घण्टी नै बजेको छैन् ।

महाधिवेशन नहुदा राजपा पार्टी नभएर मोर्चा जस्तो भएको छ । हिजो अलग अलग पार्टीको नेतृत्व गरेका नेताहरु अहिले पनि आफनो गुट समातेर बसेका छन र एकले अर्कोलाइ नेता नस्विकार्ने ठाउमा पुगेका छन । महाधिवेशनको मिति तय गर्ने वा के गर्ने भन्ने निष्कर्षमा पुग्नको लागि राजपा वेलावखतमा वैठक पनि गरिरहेको छ तर निष्कर्ष चाहि कुनै आउन सकिरहेको छैन । बरु राजपा नेता नै भर्खर पार्टी मिलेको तिन बर्ष भएको र महाधिवेशनको लागि ५ बर्ष सम्म समय भएकोले केही हतार नभएको प्रतिक्रिया दिइरहेका छन् ।

राजपा नेताहरु बेग्लै प्रकारको प्रतिस्पर्धा देखिएको छ । त्यहा नेतृत्वमा रहेका नेताहरु महन्थ ठाकुरलाइ नेता मान्ने एउटा पक्ष छ भने समान उमेर समुहका भएका कारण अनिल झा,राजकिशोर यादव जस्ता कनिष्ठ नेताहरुको बेग्लै मानसिकता देखिन्छ । नेताहरुमा कसले कसलाइ स्विकार गर्ने भन्ने नजादिो इगो देखिन्छ । तर,नेतृत्वमा यस्तो संकट देखा परेको बेलामा कार्यकर्ता भने बेग्लै प्रकारको मानसिकताबाट गुज्रिरहेका छन । उनीहरु पार्टीले संस्थागत स्वरुप लिन नसकेपछि यसै बस्नु भन्दा बरु एकता महाधिवेशन होस भन्ने चाहिरहेका छन् । तर यसको लागि नेताहरुलाई दवाव भने दिन सकिरहेका छैनन् ।

ठुला राजनीतिक दलले मधेशको समस्यालाइ वास्ता गरेनन भनेर खुलेका क्षेत्रीय राजनीतिक दल मध्येको एक राजपा नेपालले सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि प्रतिपक्षीय राजनीति गर्न थालेको छ । नागरिकता देखि अन्य मुद्धालाइ समेटेर संविधान संशोधन हुनुपर्छ भन्ने उसको मुल माग हो तर सरकारलाइ दिएको समर्थन फिर्ता लिए लगत्तै उसले गिरिशचन्द्र लाल नेतृत्वको मधेश आन्दोलनको सम्वन्धमा गरिएको अध्ययनको रिपोर्ट सार्वजनिक गर्न माग गर्यो । यसैमार्फत अब विपक्षी राजनीति गर्ने उसले संकेत पनि दियो । तर,पार्टीगत संरचना नै बलियो नभएको तथा सामुहिक सोचको अभावले गर्दा राजपाको चाल कहिले हासको जस्तो त कहिले बकुल्लाको जस्तो हुन पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);