नेविसंघको विधान टुङ्ग्याउन कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेविसंघको विधान टुङ्ग्याउन कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

nepali congress

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउसो २ बजे बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको भ्रातृ संस्था नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात भोलि आइतबार सकिदैछ । यसअघि, दुईवर्षे कार्यकालका लागि संघको ११ औं महाधिवेशन ०७३ भदौमा भएको थियो ।

शनिबारको बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय लिने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);