काग्रेस बैठक बस्दै नबसी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काग्रेस बैठक बस्दै नबसी स्थगित

congress office

काठमाडौं, २९ भदौ । शीर्ष नेताहरुवीच दिनभर भएको आन्तरीक छलफलमा अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्ने विषयको विवाद नमिलेपछि कांग्रेस केन्द्रिय समिति बैठक बस्दै नबसि स्थगित भएको छ ।

विहीवार विहान ११ वजे बोलाइएको बैठक साझ ६ बजे सम्म बस्न सकेन् । बैठकमा अनुशासन र कार्यसम्पादन समिति गठन गर्नुका साथै निर्वाचनअघि काँग्रेसमा समाहित भएको विजयकुमार गच्छदार नेतृत्वको पार्टीको समायोजन कार्ययोजना र नेपाल विद्यार्थी संघको संशोधित विधान एवम् नियमावली मस्यौदा प्रस्ताव पेश गर्ने लगाएतका एजेण्डा थिए ।

बैठक बस्दै नबसी स्थगित भएको बताउँदै केन्द्रिय सदस्य नविन्द्रराज जोशीले अर्को बैठकको मिति तय नभएको जानकारी दिनुभयो ।
अर्के बैठकमा नेविसंघको १२औं महाधिवेशनको कार्यतालिका पेश हुने बताइएको थियो । नेविसंघको १२औं महाधिवेशन आगामी कात्तिक १६,१७ र १८ गते हुँदैछ । नेविसंघ केन्द्रिय समितिले महाधिवेशनको मिति तय गर्नुका साथै संघीय संरचनाअनुसारको विधान र नियमावली समेत तयार पारेको थियो । संघीय संरचनाअनुसारको नेविसंघको विधानलाई विहिवार बस्ने काँग्रेस केन्द्रिय समिति बैठकले पारित गर्ने बताइएको थियो ।

नेविसंघका सहमहामन्त्री माधव ढकालका अनुसार सातै प्रदेशमा अधिकार सम्पन्न प्रदेश समिति गठन गरिने छ भने अधिवेशनमार्फत अनुसाशन समिति बनाइने छ । यसअघि अनुशासन समिति केन्द्रिय समितिले निर्माण गर्ने व्यवस्था थियो । सहमहामन्त्री ढकाले अहिलेको विधानमा महिलाको ३३ प्रतिशत उपस्थिति र नेतृत्व अनिवार्य गरिएको छ ।

पहिलेको विधानमा महिलालाई प्राथमिकता दिइने मात्र भनिएको थियो । नेविसंघले पारित गर्नको लागि केन्द्रिय समितिमा बुझाएको विधान तथा नियमावलीमा स्थानीय तहलाई प्राथमिकता दिएको छ । यसअघि जिल्लालाई प्राथमिकतामा राखेको थियो । उमेरका कारण निकै चर्चित मुद्दा बनेको नेविसंघले अन्ततः उमेर हद भने हटाएको छ । प्रस्तावित बिधान र नियमावलीमा ३२ बर्षको हदबन्दी हटाइएको छ । उमेर हद लगाएर राजनीति गर्न बन्देज लगाएको भन्दै लामो समयदेखि नेविसंघ भित्र चर्को बहस हुँदै आएको थियो ।

तीन दिनसम्म बसेको नेविसंघको केन्द्रिय समिति बैठकले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीहरुको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका बिषयहरु समेटेर सबैसँग आवश्यक समन्वय गरी यही भदौ २७ गतेभित्र संघको संसोधित बिधान, नियमावली २०७५ कांग्रेसलाई बुझाउने निर्णय गरेको सहमहामन्त्री ढकालले जानकारी दिनुभयो ।

विधान, नियमावली पार्टीबाट अनुमोदन भएपछि लगत्तै क्याम्पस, जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निम्न बमोजिम अधिबेशन गरिने भएको छ । अधिवेशनको कार्यतालिकाअनुसार असोज ७ गते देशैभरका माध्यामिक विद्यालय र क्याम्पस मा अधिबेशन गरिने छ भने असोज १२ गाउँपालिका, महानगर र उपमहानगरपालिका अधिबेशन गरिने छ । असोज १५ मा प्रदेश क्षेत्र अधिबेशन गरिने र असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिबेशन गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिबेशन गर्ने र कार्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन गरिने छ ।

काग्रेस भित्र देखिएको गुट उपगुट नेविसंघको अधिवेशनमा पनि छरपष्ट हुने भएको छ । समाचार स्रोतका अनुसार पार्टीको संस्थापन पक्षबाट पुष्प शाही तथा सरोज थापाको नेतृत्वमा महाधिवेशनमा जाने बारे छलफल भैरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट दिपक भट्टराई तथा हिमाल श्रेष्ठको नेतृत्वमा महाधिवेशनमा अघि बढ्ने बारे छलफल भैरहेको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दन काफ्लेको चर्चा भइरहेको छ । आजको नेपाल समाचारपत्रमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);