प्रोटोकल मिच्दै राजदूत, परराष्ट्र मन्त्रालय भने बेखबर ! | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

प्रोटोकल मिच्दै राजदूत, परराष्ट्र मन्त्रालय भने बेखबर !

indian

काठमाडौं, २९ भदौ । भारतीय राजदूत मञ्जिवसिंह पुरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद बहालीको भोलिपल्टै सोमबार सैनिक मुख्यालय पुगेर शिष्टाचार भेट गरे ।

नेपालले भारतमा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको यो भेटघाटबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ । ‘विदेशी राजदूत या पदाधिकारीले सरकारको कुनै निकायका अधिकारी भेटदा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने प्रोटोकल छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर प्रधानसेनापतिलाई राजदूत पुरीले गरेको भेटघाटबारे हामीलाई कुनै जानकारी छैन ।’

विज्ञहरूले प्रोटोकल मिचेर गरिएको भ्रमणलाई नेपालको कूटनीतिको अपमान भन्दै सरकारले यस्तो प्रवृत्ति रोक्न नसकेको टिप्पणी गरेका छन् । ‘विदेशी राजदूतले सरकारका कुनै पनि अंगका अधिकारी भेटदा परराष्ट्रलाई बाइपास गर्न मिल्दैन,’ पूर्वराजदूत दिनेश भट्टराई भन्छन्, ‘परराष्ट्रमार्फत भेटघाट गरे पनि उनीहरूबीच के कुराकानी भयो भन्ने जानकारी सरकारलाई दिनुपर्छ ।

यसरी आफूखुसी भेट्न र भेटघाटमा उठाइएका कुरा गोप्य राख्न पाइन्न ।’ प्रोटोकल पालना नहुँदा कूटनीतिक तहमा ठूलो कमजोरी रहने गरेको उनले बताए । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

ताजा समाचार