यी हुन् राजदूत बन्ने मापदण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यी हुन् राजदूत बन्ने मापदण्ड

nepal-china

काठमाडौं, ३२ असार । सरकारले स्नातक उतीर्ण तथा विदेशी राष्ट्रको कुटनीतिक लाभको पदमा नियुक्ति नपाएको व्यक्ति राजदूतका लागि योग्य हुने मापदण्ड तय गरेको छ । पहुँचवालालाई राजदूत नियुक्ति गरिँदा मुलुकको कुटनीतिक सम्बन्ध कमजोर बनेको विश्लेषण गरी सरकारले राजदूत नियुक्तिका लागि मापदण्ड तयार पारेको हो । परराष्ट्र मन्त्रालयले तयार पारेको राजदूत नियुक्तिको निर्देशकालाई मन्त्रिपरिषद्ले पारित गरिसकेको छ ।

लाभको पदमा नियुक्ति गरेका नेपाली अवकाश पाएको १० वर्ष पछि मात्रै राजदूत बन्न योग्य मानिने छन् । राजदूत नियुक्तिका लागि सरकारले सम्भावित उम्मेदवारको सूची तयार पारी प्रारम्भिक नाम छनोट गर्न सक्ने मापदण्डको व्यवस्था छ । कुनै पनि मुलुकमा राजदूत पद रिक्त हुनु तीन महिना अघिदेखि नै नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने मापदण्डले स्पष्ट पारेको छ ।

परराष्ट्र सेवाका ५० प्रतिशत र राजनीतिबाट ५० प्रतिशत हिस्सामा राजदूत नियुक्ति गरिने मापदण्ड छ । यसअघि परराष्ट्र सेवाका लागि छुट्टयाइएको ५० प्रतिशतमा परराष्ट्र बाहेकबाट पनि हिस्सा खोजिँदा समस्या आएको परराष्ट्रको बुझाइ छ । मन्त्रिपरिषदले पारित गरेको निर्देशिकाले अब भने परराष्ट्रबाटै ५० प्रतिशतको हिस्सेदारीमा राजदूत नियुक्ति हुनेछन् ।

राजदूतका योग्यदा

– न्यूनतम ३५ वर्ष

– कम्तीमा स्नातक उपाधि

– सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरी बर्खास्त नभएको

– विदेशको स्थायी÷अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको

– फौजदारी कसुरमा सजाय नपाएको

– परराष्ट्र नीति र अन्तर्राष्ट्रिय आयाम बुझेको

– आफूले गर्नुपर्ने कामका बारेमा ज्ञान भएको

– अंग्रेजी भाषामा राम्रो दखल

– नियुक्त हुने मुलुकको हित बाझिने अवस्था नरहेको

– उच्च नैतिक चरित्र भएको तथा कालो सूचीमा नपरेको

– भियना महासन्धिका व्यवस्था एवं अभ्यासमा जानकार

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);