राजदूत पद पाउनका लागि पदको दुरुपयोग गरेको छैन : प्रस्तावित राजदूत रेग्मी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

राजदूत पद पाउनका लागि पदको दुरुपयोग गरेको छैन : प्रस्तावित राजदूत रेग्मी

काठमाडौं, २७ कार्तिक । बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफुले कुनै कार्य नगरेको स्पष्ट पार्नुभएको छ ।

संघीय संसदको संसदीय सुनुवाई समितिमा बिहीबार भएको सुनुवाईमा सांसदहरुको प्रश्नको जवाफ दिदै रेग्मीले राजदूत पाउन आफुले पदको दुरुपयोग नगरेको स्पष्ट पार्नुभएको हो । सनुवाईका क्रममा सांसदहरुले राजदूत पाउनका लागि मुख्य सचिवबाट राजीनामा दिएको भन्दै प्रश्न गरेका थिए ।

प्रस्तावित राजदूत रेग्मीले अहिलेको संविधान र कानुन बमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताउनुभयो । तर पद पाउनैका लागि मात्रै राजीनामा नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो । राजदूत पद परराष्ट्र मन्त्रालयको मात्रै विषय नभएकाले यसलाई मुलुकको प्रतिनिधित्वको रुपमा लिनुपर्ने बताउनुभयो । यस्तै सार्वजनिक पदमा रहेका बेला आफुले कुनै किसिमको आर्थिक अनियमितता नगरेको, आर्थिक आर्जन गरी कुनैपनि व्यक्तिको नाउँमा रकम नराखेको बताउँदै राज्यका जुनसुकै निकायबाट छानविन भएमा आफु सघाउन तयार रहेको बताउनुभयो ।

सनुवाईमा सांसदहरुले मुख्य सचिवमा पदबाहली रहेको बेला राजीनामा दिएर राजदूतको सिफरिस लिन जाँदा कर्मचारी तन्त्रको रुपरेखा विग्रीएको भन्दै आपत्ति जनाएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले मुख्यसचिव पद विचैमा छाडेर हिँडदा कर्मचारी तन्त्रकै रुपरेखा बदलिएको बताउनुभयो । सरकारी नोकरी सकिएपछि तत्काल अर्को नियुक्तीमा जानुपर्ने प्रवृति देखा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने स्थिति देखिएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसकी सांसद पुस्पा भुषालले पनि मुख्यसचिव हुँदाहुँदै राजीनामा दिएर अर्को नियुक्ती लिदा कर्मचारी तन्त्रमा नराम्रो असर परेको बताउनुभयो ।

मुख्य सचिवबाट दिएको राजीनामाको सिफारिस भएको मन्त्रिपरिषद् बैठकबाटै राजदूत सिफरिस हुनुले पदको दुरुपयोग गरिएको हुनसक्ने सांसदहरुले बताएका हुन् । तर रेग्मीले अहिलेको संविधान र कानून बमोजिम सरकारले गरेको निर्णयलाई नै आफुले शिरोधार्य गरेको जवाफ दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);