प्रस्तावित राजदूत खतिवडा, रेग्मी र विकको नाम सुनुवाइ समितिबाट अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रस्तावित राजदूत खतिवडा, रेग्मी र विकको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं, २७ कार्तिक । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई समितिको बिहीबारको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा.निर्मलकुमार विश्वकर्मालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);